दाङ, ४ फागुन ।
भारतबाट नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको भाउ घटेर आएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) ले पेट्रोलको मूल्य यसअघिको तुलनामा प्रतिलिटर १ रुपैयाँ ९७ पैसा घटाएर पठाएको छ ।
त्यस्तै डिजेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ ४० पैसा घटेर आएको निगमले जनाएको छ । आईओसीले नेपाल आयल निगमलाई १५–१५ दिनमा इन्धनको नयाँ मूल्य सूची पठाउँछ । सो नयाँ मूल्यअनुसार निगम र आईओसी बीच कारोबार हुन्छ ।
अन्तर्राष्ट्रिय बजारमा कारोबार हुने गरेको कच्चा तेलको मूल्यमा आईओसीले पठाउने मूल्य निर्भर रहन्छ । विगतमा भएको सञ्चित नोक्सानीका कारण निगमले सरकारबाट ७ अर्ब ऋण लिएको छ भने आईओसीलाई करिब ११ अर्ब बक्यौता तिर्न बाँकी रहेको जनाएको छ ।।
प्रकाशित मिति : २०७९ फाल्गुन ४ गते बिहिवार