२०८१ जेष्ठ १६ गते बुधवार

भरुवा बन्दुकसहित दुई पक्राउ



 

रुकुम पूर्व , ५ फागुन ।
रुकुम पूर्वमा भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । सिस्ने गाउँपालिका(२ तुवाङस्थित खौरे भन्ने ठाउँबाट हातहतियारसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ६९ वर्षीय कमरा रोका र २३ वर्षीय सुरेश घर्ती रहेका छन् ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय प्वाङबाट खटिएको प्रहरीले कमरा रोकाको घरबाट भरुवा बन्दुक १ नाल, फलामको छर्रा टुक्रा २ थान, केप १९ थान, बारुद बरामद गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै, सुरेश घर्तीको घरबाट भरुवा बन्दुक १ नाल, फलामको छर्रा टुक्रा ७ थान, केप ८ थान र बारुद फेला पारी दुवै जनालाई पक्राउ गरेको छ । त्यसबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन ५ गते शुक्रवार