२०८१ मङ्सिर २३ गते आइतवार

वित्तीय क्षेत्रको शोषण विरुद्ध नेकपा दाङको विरोध सभा



दाङ, ५ फागुन ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य प्रदिप सीले वित्तीय क्षेत्रको चर्को शोषण विरुद्ध संघर्षको नेतृत्व अब नेकपाले गर्ने बताउनुभएको छ ।

आज नेकपा पश्चिम दाङ जिल्ला समितीको आयोजनामा आयोजित चर्को बैंक ब्याजदर , लघुबित्त संस्थाको ज्यादती र मिटरव्याजका विरुद्ध आयोजित बिरोध प्रदर्शनपछिको सभालाइ सम्बोधन गर्दै नेता प्रदिपले यस्तो बताउनुभएको हो ।

नेता प्रदिपले बित्तीय क्षेत्रको शोषणको संरक्षण नगर्न सरकारलाई चेतावनी समेत दिनुभएको हो ।बिरोध प्रदर्शनपछिको सभामा बोल्दै नेकपाका केन्द्रीय प्रतिनिधि समितीका सदस्य विकाश सीले अब सबै प्रकारका बित्तिय संस्थाहरु समाजवादी जनसत्ताको कार्यालय दर्ता गरि जनसत्ताको नीति , नियम , विधि र पद्धतिभित्र रहेर संचालन हुनुपर्ने बताउनुभयो । नेकपाका केन्द्रीय प्रतिनिधि समितिका सदस्य तथा पश्चिम दाङका सेक्रेटरी निर्मल सीले यौन व्यवसाय गरेर भएपनी किस्ता तिर भनेर दिनानुदिन गाउँगाउँमा महिलाहरुलाइ तनाव दिइरहेका लघुबित्तहरुलाइ अब पार्टीले कारवाही गर्ने बताउनुभयोे । नेता निर्मलले वित्तीय संस्थाहरुको यो लुटपाट टुलुटुलु हेरेर नेकपा नबस्ने समेत स्पष्ट पार्नुभएको हो ।

तुलसीपुरको बसपार्कबाट सुरु भएको बिरोध प्रदर्शन बिरेन्द्र चोक , बाहिनी चोक , जेसिज चोक हुदै बिपि चोकमा पुगेर सभामा परिणत भएको थियो । वित्तीय क्षेत्रको चर्को शोषण अन्त्य गर, राष्ट्रिय उद्योगी र व्यापारिलाई राहत दे, मिटर व्याजीलाई कार्बाही गर, लघुवित्त संस्थाको ज्यादती अन्त्य गर, ऋणिहरुको अवस्था छानबिन गर, पीडित जनताको व्याज मिनाहा गर , एक अङ्कको ब्याजदर लागू गर, दलाल पूंजीवादी ब्यवस्था मुर्दावाद , वैज्ञानिक समाजवाद जिन्दावाद, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद लगायतका नारा जुलुस सहित बजार परिक्रमा भएको हो ।बिरोध प्रदर्शनपछिको सभाको संचालन गणतान्त्रिक खेलकुद महासंघ लुम्बिनी प्रदेशका इन्चार्ज रुद्र सीले गर्नुभएको हो ।।

 

प्रकाशित मिति : २०७९ फाल्गुन ५ गते शुक्रवार