२०८० मङ्सिर १८ गते सोमवार

छात्राको नियमित उपस्थिती बढाउन घोराहीमा सेनिटरी प्याड वितरण



दाङ, ९ फागुन ।
घोराही उपमहानगरपालिका अन्तरगत रहेका सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुलाई लक्षित गरी सेनिटरी प्याड वितरण शुरु भएको छ । सरकारले निःशुल्क उपलब्ध गराउने सेनेटरी प्याड खरिद गरी पालिकामा रहेका ९४ विद्यालयमध्ये पहिलो चरणमा ५१ विद्यालयमा सेनिटरी प्याड वितरण गरिएको घोराही उपमहानगरपालिका सामाजिक विकास महाशाखाले जनाएको छ ।

किशोरीहरुको प्रजनन स्वस्थता तथा नियमित कक्षामा उपस्थितीका लागि सरकारले अघि सारेको कार्यक्रमलाई स्थानीय पालिकाहरुले कार्यान्वयन गर्दै आएका छन् । विगत वर्षहरुमा विद्यालयले नै प्याड खरीद गरेर पालिकाबाट रकम माग गर्दै आएकोमा यस वर्षबाट भने पालिकाले नै सेनिटरी प्याड खरीद गरेर विद्यालयलाई उपलब्ध गराउने र त्यहाँ अध्ययनरत छात्रा अर्थात किशोरीहरुलाई उपलब्ध गराउन थालेको छ ।

शाखा अधिकृत नारायणप्रसाद पौडेलका अनुसार यो वर्ष पहिलो पटक २६ मावि, १४ आधारभूत विद्यालय, ११ प्रावि गरि ५१ सामुदायिक विद्यालयका १२ हजार किशोरीलाई पालिकाले नै खरीद गरी सेनिटरी प्याड वितरण शुरु भएको छ ।।

प्रकाशित मिति : २०७९ फाल्गुन ९ गते मङ्गलवार