२०८१ भाद्र २२ गते आइतवार

शेयरबजारमा आज हरियाली,नेप्से सूचक ३३.५७ अंकले बढ्यो



दाङ १०,फागुन ।
लगातार गिरावट आएको शेयरबजारमा आज हरियाली छाएको छ । केही दिनयता ओरालो लागेको नेप्से सूचक आज ३३.५७ अंकले बढेर २०८० को विन्दुमा कायम भएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समिक्षामा शेयरबजार सुधारका निमित्त केही पक्षहरु नसमेट्दा घट्न थालेको शेयरबजारमा आज एकाएक ३३ अंकको सुधार देखिएको हो । शेयरबजार चम्किएसँगै लगानीकर्ताहरुमा उत्साह थपिन पुगेको छ ।

नेप्सेमा रहेका २६९ कम्पनीको ४७ लाख ७९ हजार ७९६ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ८० करोड ३२ लाख रुपैयाँमाथिको कारोबार भएकोछ । नेप्से बढेपनि अघिल्ला दिनहरुमा घटेको बजारका कारण आज कारोबार खासै माथि उक्लिन सकेन ।

त्यस्तै, नेप्सेमा रहेका १३ इन्डेक्स मध्ये आज माइक्रोफाइनान्स, म्युचुअल फण्ड र ब्यापार उपसूचक बाहेकका सबै उपसूचकमा हरियाली छाएको छ । आज हाइड्रोपावर उपसूचक बढेको छ भने माइक्रोफाइनान्स सूचक १.४० प्रतिशतले घट्न पुगेको छ । पछिल्लो समय लघुवित्त सम्बन्धी विभिन्न काण्डहरु तथा समाचारहरु आएसँगै लघुवित्त संस्थाहरुको शेयर धमाधम घट्न पुगेको छ ।।

प्रकाशित मिति : २०७९ फाल्गुन १० गते बुधवार