दाङ, १० फागुन ।
दाङ लगाएत देशका १५ जिल्लामा हात्तिपाइले रोग बिरुद्धको औषधि खुवाइदै छ । दाङमा यसपटक भोलिदेखि १३ औं चरणमा हात्तिपाइले रोग विरुद्धको औषधि खुवाइने भएको हो ।
तुलसीपुरमा पनि भोलीदेखि हात्तिपाइले रोग बिरुद्धको औषधि खुवाइने भएको छ । तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रबद्र्धन शाखाले आज बहुनिकाय सरोकारवालालाई हात्तिपाइले रोग बिरुद्धको अभियानलाई सफल बनाउन आग्रह गरेको छ ।
तुलसीपुरका नगर प्रबक्ता माधव ओलीले सरकारले खर्चेको बजेटको सदुपयोग गदै अभियानलाई सार्थक बनाउन सबैलाई आग्रह गर्नुभएको छ । सबै नागरिकहरुले औषधि सेवन नगर्दा ६ वर्षमा सक्नु पर्ने अभियान १३ औं पटक सञ्चालन गर्नु दुःखद रहेको उहाँले बताउनुभयो ।
तुलससिपुर उपमहानगरपालिका जनस्वास्थ प्रबद्र्धन शाखा प्रमुख ओमपी न्यौपानेले हात्तिपाइले रोग बिरुद्धको औषधि सेवनको लागि आम नागरिकहरुमा विश्वास दिलाउनुपर्ने बताउनुभयो ।
नागरिकहरलाई सचेत बनाउनको लागि प्रत्येक व्यक्तिलाई खोजि गरी औषधि खुवाउने र जिवाणु निष्कृय पार्ने अभियानमा लागेको उहाँको भनाई छ । यो भन्दा अघि प्रत्येक वडा, विद्यालय, टोल विकास संस्थालगाएत संग कार्यक्रमहरु सञ्चालन गरेको बताउनुभयो ।
जनस्वास्थ्य प्रबद्र्धन शाखाका निरिक्षक विमल केसीले औषधि खुवाउनको लागि १ सय २५ जना स्वाथ्यकर्मी, २ सय १० जना महिला स्वास्थ्य स्वयमसेविका र अन्य गरेर ८ सय ७५ जना स्वास्थ्यकर्मीहरु परिचान गरिने जानकारी दिनुभयो । एउटा स्वास्थ्यकमीले प्रत्येक दिन दुई जनालाई औषधि खुवाइने उहाँले बताउनुभयो । स्वास्थ्यकर्मीहरु प्रत्येक घरघरमा गएर नागरिकहरुलाई औषधि खुवाउने उहाँको भनाई छ ।
शिक्षित व्यक्तिहरुले नै औषधि नखाइदिदा प्रत्येक वर्ष यो अभियान सञ्चालन गर्नुपरेको हो । गत वर्ष एक सय जनामा जाँच गर्दा १३ प्रतिशत मानिसमा संक्रमण देखिने गरेकोमा यो वर्ष एक सय जनामा जाँच गर्दा ६ प्रतिशतमा भेटिने गरेको छ । हात्तिपाइले रोगलाई निवारण गर्नको लागि नेपाल सरकारले प्रत्येक वर्ष करौर्डौ बजेट खर्च गर्ने गरेको छ । तुलसीपुरमा पनि वार्षिक २५ लाख रुपैंया खर्च हुने गरेको छ । तर न्यूनिकरण भने हुन सकेको छैन ।
दुई वर्षदेखि माथिकालाई उचाइका आधारमा औषधि खुवाउने भएको छ । दीर्घरोगि बाहेक सबैले औषधि खान मिल्ने उहाँले बताउनुभयो । औषधि खाएपछि विरामि हुन्छन् भन्ने भ्रममा नपर्न उहाँले सबैमा आग्रह गर्नुभएको छ ।
तुलसीपुर उपमहानगरका जनस्वास्थ्य प्रबद्र्धन शाखा प्रमुख ओमपी न्यौपानेको अध्यक्षता तथा नगर प्रवक्त माधव वलीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
जनस्वास्थ्य प्रबद्र्धन शाखा तुलसीपुरका कार्यक्रम संयोजक विष्णु गिरीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजकिरण जनस्वास्थ्य प्रबद्र्धन शाखाका निरीक्षक विमल केसीले गर्नुभएको हो ।