२०८१ कार्तिक २१ गते बुधवार

सरकारले तोक्यो गहुँको समर्थन मूल्य



दाङ, १२ फागुन ।
सरकारले गहुँको समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७९/८०का लागि गहुँको समर्थन मूल्य निर्धारण गरेको हो । यो वर्षका लागि सरकारले प्रति क्विन्टिल ३ हजार ३५१ रुपैयाँ समर्थन मूल्य तोकेको छ ।

यसअनुसार गहुँको प्रतिकेजी मूल्य न्युनतम् ३३.५१ रुपैयाँ हुनेछ । समर्थन मूल्य तोकेपछि व्यापारीले यस्तो मूल्यमा किन्न अस्वीकार गरेमा सरकार आफैंले समर्थन मूल्यमा किन्न सक्छ ।

तर, समर्थन मूल्य तोक्न नै ढिलाइ गर्ने र तोकिएको समर्थन मूल्य नपाउँदा पनि सरकार मातहतको खाद्य कम्पनीले समयमै खरिद प्रक्रिया नै अघि नबढाउने समस्याले किसान पीडित हुँदै आएका छन् ।।

प्रकाशित मिति : २०७९ फाल्गुन १२ गते शुक्रवार