दाङ, १२ फागुन ।
तुलसीपुर ७ मा रहेको राप्ती शान्ति उद्यान पार्कमा घोडा सफारी सुरु भएको छ । आज ग्रीन फाउण्डेसन नेपालको सहयोग र हरियाली पर्यापर्यटन प्रवर्द्धन समुहको सहकार्यमा उद्यानलाई घोडा हस्तान्तरण गरिएको छ ।
ग्रीन फाउण्डेसन नेपालका केन्द्रीय अध्यक्ष घनश्याम पाण्डेले उद्यानलाई घोडा हस्तान्तरण गर्नु भएको हो । दाङको मुख्य पर्यटकीय क्षेत्रको रुपमा परिचित यस उद्यानमा आन्तरिक र बाह्य पर्यटकलाई लक्षित गरेर घोडा सफारी गर्नका लागि घोडा हस्तान्तरण गरेको पाण्डेले बताउनुभयो ।
अब पार्कमा घोडा चढेर अवलोकन गर्न सकिने छ । घोडा हस्तान्तरण कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका नगर प्रमुख टिकाराम खड्का, वडा नम्बर ७ का वडा अध्यक्ष रामबहादुर जिसी, राप्ती शान्ति उद्यानका अध्यक्ष डिल्लीराज भण्डारी, ग्रीन फाउण्डेसनका सचिव सुरेश रावत लगाएतको उपस्थिती थियो ।
प्रकाशित मिति : २०७९ फाल्गुन १२ गते शुक्रवार