२०८१ असोज २७ गते आइतवार

तुलसीपुरमा दोस्रो दिनसम्म ५७ हजार वढिले खाए, हात्तिपाईले रोग विरुद्धको औषधि



तुलसीपुर, ११ फागुन ।
दाङको तुलसीपुरमा पहिलो दिनसम्म करिब ३० प्रतिशत नागरिकले हात्तिपाईले रोग विरुद्धको औषधि सेवन गरेका छन् ।

तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य पर्बद्धन शाखाका जनस्वास्थ्य निरीक्षक विमल केसीका अनुसार दोस्रो दिन आज शुक्रबार २७ हजार ६४० जनाले हात्तिपाईले विरुद्धको औषधि सेवन गरेका हुन् ।

यो सँगै तुलसीपुरमा २ दिनमा ५७ हजार ६९ जनालाई हात्तिपाईले विरुद्धको औषधि सेवन गराइएको तुलसीपुर उपमहानगरपालीकाका जनस्वास्थ्य निरीक्षक विमल केसीले जानकारी दिनुभएको छ ।
आज राष्ट्रिय हातिपाईले रोग निवारण कार्यक्रमका केन्द्रीय फोकल पर्सन तथा EDCD भेक्टर कन्ट्रोल प्रमुख डा. गोकर्ण दाहाल को समुहले कार्यक्रमको सहयोगात्मक अनुगमन तथा सुपरिवेक्षण गरेको छ।

दो्स्रो दिनमा पनी तुलसीपुरमा हात्तिपाईले विरुद्धको औषधि सेवन गर्ने नागरीकको उत्साजनक सहभागीता देखीएको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ फाल्गुन १२ गते शुक्रवार