दाङ, १३ फागुन ।
तुलसीपुर ७ हात्तिधुम्काका स्थानीयले हाल जोतभोग गरिरहेको जग्गाबाट आफुहरुलाई हटाउन खोजेको भन्दै बिरोध जनाएका छन् । करिब ६० वर्षअघि देखि जोतभोग गरिदै आएको प्रति ऐलानी जग्गामा पछिल्लो समय केहि व्यक्तिले हटाउन खोजेको उनीहरुको आरोप छ ।
स्थानीयले संघर्षसमिति गठन गरी कुनै पनि हालतमा जग्गा संरक्षण गर्ने बताएका छन् । धुम्का गाउँ प्रति ऐलानी समितिका अध्यक्ष बिनोद कामीको अध्यक्षता तथा टोलका अध्यक्ष कमान सिंह विकको प्रमुख आतिथ्यतामा बसेको विषेश बैठकले जग्गा संरक्षणका लागि जस्तोसुकै कुराको सामना गर्न तयार रहने निणर्य गरेको छ ।
उनीहरुले वडाअध्यक्ष समेत आफुहरुलाई हटाउन लागि परेको आरोप लगाएका छन् । लामो समयदेखि भोगचलन गरिरहेको जग्गाबाट हटाएर गरिब किसानलाई दुख दिन खेजिएको उनीहरुको भनाई छ ।
प्रकाशित मिति : २०७९ फाल्गुन १३ गते शनिवार