२०८१ चैत्र ५ गते मङ्गलवार

तुलसीपुरको मानव सेवा आश्रममा एक जनाको मृत्यु



दाङ, १३ फागुन ।
दाङ तुलसीपुरमा रहेको मानव सेवा आश्रममा एक जनाको मृत्यु भएको छ । आज बिहान पौने १२ बजेतिर तुलसीपुर उपमहानगरपालिका ६ गाईडरमा रहेको मानव सेवा आश्रममा बस्दै आएका अन्दाजी ३६÷३७ वर्षिय कट्टा तिवारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता पर्वत केसीले जानकारी दिनुभयो ।

मृतक तिवारी विगत एक वर्षदेखि आश्रममा बस्दै आएको प्रहरीले जनाएको छ । प्रहरीले दिएको जानकारी अनुसार उहाको कालगतिले मृत्यु भएको हो । मृतक तिवारी प्यारालाईसिसको बिरामी रहेको प्रहरीको भनाइ छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।।

प्रकाशित मिति : २०७९ फाल्गुन १३ गते शनिवार