२०८१ जेष्ठ ३१ गते बिहिवार

जंगली भिर मौरीको टोकाइवाट दाङमा ३ जना घाइते



दाङ, १५ फागुन ।
दाङमा भिर मौरीको टोकाइबाट ३ जना घाइते भएका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-७ गणेशपुर पार्कमा आज दिउँसो करिब ५ बजेको समयमा घुम्न गएका ३ जनालाई जंगली भिर मौरीले टोक्दा घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएपी पुष्पराज मल्लले जानकारी दिनुभयो ।

घाइते हुनेमा तुलसीपुर ७ का ५८ प्रमेबहादुर बिक, २९ बर्षिय छबेन्द्र बिक र ३० बर्षिय मोहनलाल बिक रहनु भएको छ । घाइतेहरुको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । तिन जना मध्य छबिन्द्र र मोहनलालकोे अवस्था मध्यम रहेको छ भने प्रेमबहादुरको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन १५ गते सोमवार