२०८१ माघ १२ गते शनिवार

सानिमा बैंक  र सिवाईसी नेपाल लघुवित्तको बोनस शेयर नेप्सेमा सूचीकृत



 

दाङ १७,फागुन ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आज (बुधबार) सानिमा बैंक लिमिटेड (SANIMA) र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्थाको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

सानिमा बैंकको १ करोड १३ लाख २७ हजार ३७७.३३ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई बैंकले १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त बोनस शेयर, नेप्सेमा सूचीकृत भएको हो ।

यस्तै सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था(CYCL)को पनि ३ लाख ६४ हजार ९२५.५१ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गरेको ३० प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत दुबै कम्पनीको बोनस शेयर, सम्बन्धीत शेयरधनीहरुको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन १७ गते बुधवार