२०८१ असोज २१ गते सोमवार

महिला अधिकार कागजमै सीमित व्यवहारमा लागु गर्नुपर्नेमा जोड



दाङ, २४ फागुन ।
आज दाङ लगाएत देशभर ११३ औै अन्तराष्ट्रिय महिला श्रमीक दिवस मनाईएको छ । दाङको तुलसीपुर उपमहानरपालिका वडा नम्बर ७ मा रहेका सहकारी संस्थाहरुले आज ११३ औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस मनाएका छन् ।

तुलसीपुर ७ मा रहेको हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लगायत ८ वटा सरकारी संस्थाको आयोजना तथा वडा नम्बर ७ को सहयोेगमा कार्यक्रम भएको हो । कार्यक्रममा तुलसीपुर ७ का वडा अध्यक्ष राम बहादुर जीसीले वडा सरकारले बजेट विनियोजन गर्दा महिलाहरुलाई प्राथमिकतामा राख्ने बताउनुभयो ।

हरेक वर्ष वडाले महिलालाई उद्यमी बनाउनको लागि विभिन्न सिमपुलक तालिमहरु दिदै आएकाले त्यसलाई अवसरको रुपमा लिन सबै महिलालाई आग्रह गर्नुभयो । तिनै तहको सरकारले महिला अधिकार सुनिश्चित गर्नको लागिपर्नुपर्ने उहाँको भनाई छ ।

सशक्तिकरण महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष पद्मा कडेलको अध्यक्षता एवम् तुलसीपुर ७ का वडा अध्यक्ष राम बहादुर जीसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा वडा नम्बर ७ का पूर्व वडा अध्यक्ष टोप बहादुर केसी, नेपाल रेडक्रस सोसाईटी दाङका उपसभापति देवका नेपाली, तुलसीपुर नगर विकास समिति सदस्य सपना भण्डारी,वडा नम्बर ७ का वडा सदस्य डिला विश्वकर्मा, राष्ट्रिय जनमोचार्का केन्द्रिय सदस्य कमला जिसी, शुभारम्भ साना किसान सहकारी संस्थाका अध्यक्ष कविता शर्मा, परिवार नियोजन शाखा घोराहीका सदस्य भावना गौतम , जनसेवा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नारायण भुसाल, एनएमबी लघुवित्त संस्थाका विभागीय प्रमुख प्रेम सुवेदी, नेकपा एमाले दाङका नेता खेमराज विक, नेपाली काँग्रेस ७ नम्बर वडा एकाइ सभापती ओम ओली, राष्टिय समाचार समिति दाङका प्रमुख नारायणी रजौरे , नेपाल पत्रकार महासंघ दाङका सह–सचिव दिप्तीशिखा चौधरी लगाएतकाले नेपालको संविधानमा भएको महिलालाको अधिकार कागजमा मात्रै सिमित नभई व्यबहारमा पनि लागुहुनुपर्नेमा जोड दिएका थिए ।

महिलाहरुले आफ्नो हकअधिकारको लागि स्वयम आफैै लड्नुपर्ने र महिलाहरुलाई सचेत गराउनको लागि सचेतना कार्यक्रम ल्याउनुपर्ने बताएका हुन् । एउटा महिलालाई परेको समस्या हरेक महिलाको साझा समस्या बनाई दिवस मनाउन जोड दिएका हुन् । महिलाहरुले पनि समान कामको समान ज्याला पाउनुपर्नेमा राज्यले पहलकदमी गर्न कन्जुसाई गरेको गुनासो गरेका छन् । महिलाको पहुँचमा पर्याप्त सम्पति नहुँदा समाजले दोस्रो दर्जाको रूपमा लिएको गुनासो गरेका हुन् ।

दिवसका अवसमा तिन जना महिला पत्रकार पुरस्कृत

पत्रकारिताको माध्यम बाट समाजमा योगदान पुर्याएको भन्दै रेडियो हाम्रो पहुँचमा कार्यरत रेखा शर्मा, राष्ट्रिय समाचार समिति दाङ प्रमुख नारायणी रजौरे र चलचित्र पत्रकार संघ नेपाल दाङका सचिव निरला अर्याललाई नगद सहित सम्मान गरिएको हो ।

त्यस्तै दैनिक ज्याला मजदुरी गरी घरब्यवहार चलाउने महिला श्रमीक मन्दिरा चौधरी, टिका परियार, पार्वति बिक, भावना ओली, राजकुमारी बुढा, बिन्दु परियार, सरीता नेपाली, पन्चकली केसीलाई नगद सहित सम्मान गरिएको हो ।

कार्यक्रमा विभिन्न प्रतियोगिता भएको हो । कार्यक्रममा लैङ्गिक समानताका बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुँचको विस्तार भन्ने विषयमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा सशक्तिकरण महिला बचत तथा ऋण सहकारी संस्थाका सदस्य मालिका भण्डारी प्रथम, जनसेवा बचत तथा ऋण सहकारी संस्थाका सदस्य लक्ष्मी न्यौपाने दोस्रो र सशक्तिकरण महिला बचत तथा ऋण सहकारी संस्थाका सदस्य कमला पोखरेल तेस्रो हुनुभएको हो ।

त्यस्तै कविता प्रतियोगितामा पविता बिक प्रथम,बसन्ता पोखरेल दोस्रो र नोखी रावत तेस्रो हुनुभएको छ । कुर्सी दौड प्रतियोगितामा शुभारम्भ साना किसान कृर्षि सहकारी संस्थाका इन्दिरा शर्मा प्रथम, हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका मनकुमारी बिक दोस्रो, यमुना आचार्य र प्रतिज्ञा भण्डारी तेस्रो हुनुभएको छ ।

त्यस्तै तुलसीपुरका ७ का ८ वटा सहकारी संस्थाको र्यालीमा सशक्तिकरण महिला बचत तथा ऋण सहकारी संस्था प्रथम, हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था दोस्रो र सुविधा महिला बचत तथा ऋण सहकारी संस्था तेस्रो भएको छ ।

हाम्रो पहुँच बुहुउद्देश्यीय सहकारी संस्थाका सूचना तथा तालिम अधिकृत रेखा शर्माले विषयवस्तुको बारेमा प्रकाश पार्नुभएको हो । सशक्तिकरण महिला बचत तथा ऋण सहकारी संस्थाका सदस्य भिमा डाँगिको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण जनसेवा बचत तथा ऋण सहकारी संस्थाका सचिव बिमला शर्माले गर्नु भएको हो ।।

प्रकाशित मिति : २०७९ फाल्गुन २४ गते बुधवार