२०८१ माघ ४ गते शुक्रवार

रजौरामा जारी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञमा पाँच लाख बढी संकलन



तुलसीपुर २६, फागुन ।
तुलसीपुर ६ रजौरामा जारी ‘श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ’ २०७९ को तेस्रो दिनसम्म पाँच लाख बढी दान सहयोग प्राप्त भएको छ । नेपाल मानब धर्म सेवा समिति दाङले आयोजना गरेको महायज्ञमा पाँच लाख बढी दान सहयोग संकलन भएको हो ।

समितिले तुलसीपुर ६ रजौरा (कमलपोखरी) नजिक सुरु गरेको ‘श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ’ २०७९ को तेस्रो दिनसम्म पाँच लाख दान सहयोग प्राप्त भएको समितिका सचिब चन्द्रबहादुर वलीले जानकारी दिनुभयो । दान सहयोगको कार्यले ब्यबस्थित आश्रम निर्माणको लक्ष्य पूरा हुने सचिब वलीले बिश्वास ब्यक्त गर्नुभयो ।

हालसम्म सबैभन्दा धेरै बबई ६ टिकुलीगैरा हाल तुलसीपुर ६ रजौरा निबासी बीरबहादुर भण्डारीको परिवारले सबैभन्दा धेरै एक लाख एक हजार एक सय ११ रुपैया दान प्रदान गर्नुभएको छ । यस्तै तुलसीपुर ३ दमारगाउँ निबासी शिबमाया पुन र गंगाराम थापाले जनही ५० हजार एक सय ५ रुपैया गरेर दुई लाख एक हजार तीन सय २१ रुपैया संकलन भएको छ । यस्तै अन्य दानदाताको रकमसहित पाँच लाख बढी दान प्राप्त भएको महायज्ञ मुल आयोजक समितिका संयोजक टोपबहादुर घर्ती मगरले जानकारी दिनुभयो ।

महायज्ञ मुल आयोजक समितिले दान प्रदान गर्ने बीरबहादुर भण्डारी, शिबमाया पुन र गंगाराम थापाको परिवारलाई महायज्ञस्थलदेखि तुलसीपुर बजारको परिक्रमा गराएको छ । आश्रम निर्माणका लागि दानदाताले ठूलो रकम दान गरेको भन्दै तुलसीपुर बजार परिक्रममा गराएको महायज्ञ मुल आयोजक समितिका संयोजक घर्ती मगरले जानकारी दिनुभयो ।

महायज्ञमा जिल्लाका तुलसीपुरसहित घोराही, दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकाबाट समेत भक्तजनको सहभागीता हुन थालेको छ । महायज्ञबाट संकलन भएको रकमले एउटा ब्यबस्थित आश्रम निर्माण गर्ने लक्ष्य राखिएको मानब धर्म सेवा समिति दाङका अध्यक्ष हेमराज भण्डारीले जानकारी दिनुभएको छ ।

महायज्ञबाट ५० लाख बढी आर्थिक संकलन गरेर ब्यबस्थित आश्रम निर्माण गर्ने लक्ष्य राखिएको समितिका अध्यक्ष हेमराज भण्डारीले जानकारी दिनुभयो । तुलसीपुर ६ रजौरा (कमलपोखरी) नजिक २०७५ सालमा नेपाल मानब धर्म सेवा समितिले आश्रम सञ्चालन गरीरहेको छ ।

महायज्ञमा एक रुपैयादेखि पाँच सय रुपैया सहयोग गर्ने दाताले दान पेटिका मार्फत् रकम उपलब्ध गराउने ब्यबस्था गरिएको छ । यस्तै पाँच सय एक रुपैयादेखि एक हजारसम्म सहयोग उपलब्ध गराउने दातालाई नगदि रसिद, एक हजारदेखि पाँच हजारसम्म सहयोग उपलब्ध गराउने दातालाई नगदि रसिद तथा रुद्राक्षको मालासहित अबिर लगाएर सम्मान गर्ने मुल आयोजक समितिले निर्णय गरेको छ ।

यस्तै पाँच हजार एक रुपैयादेखि दश हजारसम्मलाई नगदि रसिद, रुद्राक्षको माला र प्रमाण पत्रले सम्मान गर्ने, एघार हजारदेखि २० हजारसम्मलाई प्रमाण पत्र, शिलालेखमा नाम लेखाउने, नगदि रसिद उपलब्ध गराउने, २० हजार एक रुपैयादेखि ३० हजारसम्मको सहयोग उपलब्ध गराउने दातालाई शिलालेखमा नाम, प्रमाण पत्र, नगदि रसिद दिएर सम्मान गर्ने, ३० हजार एक रुपैयादेखि ५० हजार सहयोग उपलब्ध गराउने दातालाई चादीको फ्रेम, शिलालेखमा नाम लेखाउने र नगदि रसिद उपलब्ध गराउने गरिएको छ ।

यस्तै ५० हजार एक रुपैयादेखि एक लाखसम्म सहयोग उपलब्ध गराउने दातालाई शिलालेखमा नाम, स्वर्ण फ्रेमको प्रमाण पत्र र अबिरमालासहित बजार परिक्रमा गराउने निर्णय भएको महायज्ञ मुल आयोजक समितिले जनाएको छ ।

 

प्रकाशित मिति : २०७९ फाल्गुन २६ गते शुक्रवार