दाङ २६,फागुन ।
सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आज शुक्रबार (फागुन २६ गते) देखि निष्काशन गरेको शेयरमा साढे २ लाखको आवेदन परेको छ ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आज शुक्रबार साँझ ५ः०२ बजेसम्ममा २ लाख ५० हजार ४ जना आवेदक बाट २९ करोड ८० लाख ८१ हजार रुपैयाँ बराबरको २९ लाख ८० हजार ८१० कित्ता शेयरको लागि आवेदन परेको हो ।
सर्वसाधारणलाई निष्काशन गरेको ४२ लाख ४८ हजार ९३८ कित्ता शेयर मध्ये पहिलो दिन ७०.१५ प्रतिशत शेयर मात्रै बिक्री भएको हो ।
कम्पनीले जारी पूँजीको ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको ३० प्रतिशतले दरले हुने आउने ९९ करोड ९७ लाख ५० हजार रुपैयाँ बराबरको ९९ लाख ९७ हजार ५०० कित्ता शेयर निष्काशनमा ल्याएको हो ।
प्रकाशित मिति : २०७९ फाल्गुन २६ गते शुक्रवार