फागुन २६ , काठमाडौं ।
मैदाको भाउ प्रतिबोरा ९ सय रुपैयाँले सस्तिएको छ । रुस-युक्रेन युद्धका कारण बढेको मैदाको भाउमा सुधार हुँदै गएको नेपाल खुद्रा व्यापार संघले जनाएको छ ।
संघका अनुसार केही महिना अघि ४ हजार ६ सय रुपैयाँ प्रतिबोरा (५० किलो) पर्ने मैदाको मूल्य घटेर अहिले ३ हजार ७ सय रुपैयाँमा झरेको छ । संघका सहकोषाध्यक्ष ध्रुब अधिकारीकाअनुसार गहुँको उपलब्धता बढेसँगै मैदाको मूल्य घटेको हो ।
‘अहिले ५० किलोको मैदाको बोराको बजार मूल्य ३ हजार ७ सयमा झरेको छ,’ अधिकारीले भने, ‘झण्डै ९२ रुपैयाँ किलोको मैदाको मूल्य अहिले ७४ रुपैयाँ हाराहारीमा झरेको छ ।’
प्रकाशित मिति : २०७९ फाल्गुन २६ गते शुक्रवार