२०८१ माघ १२ गते शनिवार

चैतदेखि कर्जाको ब्याज घटाउने नेपाल बैंकर्स संघको निर्णय



दाङ २७,काठमान्डौ ।
चैतदेखि कर्जाको ब्याजदर घट्ने भएको छ । बैंक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजसँगै ५ प्रतिशतभन्दा बढी रहेको प्रिमियम दर (आधार दरमा थप गर्ने दर) घटाउने निर्णय गरेपछि चैतदेखि कर्जाको ब्याजदर पनि घट्ने भएको हो ।

गत माघमा बैंकहरूले निक्षेपको ब्याजदर घटाएका थिए । निक्षेपको ब्याज घटेपछि बैंकहरूको आधार दर (बेस रेट) घट्छ । आधार दरमा आएको परिवर्तनअनुसार त्रैमासिक रूपमा बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजदर पनि घटाउनुपर्छ ।

यही व्यवस्थाअनुसार वैशाखदेखि (तेस्रो त्रैमासमा आधार दरमा आएको परिवर्तनका अनुसार) कर्जाको ब्याजदर घट्ने अनुमान गरिएको थियो । तर, सोमबार बसेको वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको बैठकले चैत १ देखि ५ प्रतिशतभन्दा प्रिमियम लिन नपाउने र यसअघि बढी लिएको भए त्यो पनि घटाउने निर्णय गरेको छ ।।

प्रकाशित मिति : २०७९ फाल्गुन २७ गते शनिवार