२०८१ असार ४ गते मङ्गलवार

शिखा स्कुलले मनायो २६औ वार्षिकोत्सब



दाङ २७,फागुन ।
शिखा सेकेन्डरी स्कुलले आज २६औ वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको छ । तुल्सिपुर ६ हात्तिखौवामा रहेको बिद्यालयले वार्षिकोत्सब मनाएको हो । बिद्यालयका प्रधानाध्यापक सुमन केसीको अध्यक्षता तथा एन(प्याब्सनका केन्द्रिय उपाध्यक्ष सुबोध कुमार डाँगीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी डाँगीले बिद्यालयले शिक्षाको क्षेत्रमा ठुलो फड्को मारेको भन्दै बिद्यालयको प्रशंसा गर्नुभएको हो । उहाँले बिद्यार्थीलाई शैद्धान्तीक मात्र नभएर ब्यबहारिक ज्ञान पनि उत्तिकै आबश्यक रहेको बताउनुभयो ।

बिद्यालयका शिक्षक विशाल बिकको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा एन(प्याब्सनका प्रदेश सदस्य केपी न्यौपाने, एन प्याब्सनका दाङ जिल्ला अध्यक्ष विमल गौतम, शिक्षक नन्द खरेल, शिक्षक डिल्ली बस्नेत सँगितलगाएतले बोल्नुएको हो ।

वार्षिकोत्सवको अबसरमा बिद्यार्थीले बिभिन्न प्रस्तुतीहरु प्रस्तुत गरेका हुन् । त्यस्तै गत बर्षको वार्षिक परिक्षामा उत्कृष्ट अंक प्राप्त गरेका तथा बिद्यालयले सञ्चालन गरेका बिभिन्न प्रतियोगितामा विजयी भएका विद्यार्थीलाई प्रमाणपत्र वितरण गरिएको हो ।

कार्यक्रमको सहजीकरण शिक्षकहरू यमुना रिजाल र सहायक प्रधानाध्यापक जीतबहादुर बस्नेतले गर्नुभएको हो ।

प्रकाशित मिति : २०७९ फाल्गुन २७ गते शनिवार