दाङ, २८ फागुन ।
एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले तुलसीपुरमा उद्यमशिलता विकास तथा वित्तीय साक्षरता अभिबृद्वि कार्यक्रम गरेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ का वडावासीलाई समृद्व बनाउन र गरिबी निवारण गर्न संस्थाले कार्यक्रम गरेको हो ।
वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत आनन्द पाण्डको अध्यक्षता तथा वडा नम्बर ७ का वडा अध्यक्ष राम बहादुर जिसीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी जिसीले लघुवित्तहरु मानिसको जिवनको साहारा बनेको बताउनुभयो । उहाँले लघुवित्तलाई राम्रोसँग पहिचान गर्न सकेमा आफुलाई अप्ठ्यरो परेको बेला सजिलो माध्यम बनेको बताउनुभयो । तर जुन उद्देश्यले कर्जा लिएको हो सोही अनुसार सदुपयोग गर्न सकेमा त्यसले सार्थकता पाउने बताउनुभएको हो । उहाँले एनएमबि लघुवित्तले आफ्नो वडामा समेत यस्तो किसिमको तालिम सञ्चालन गरेर जागरुक गराएकोमा संस्थाप्रति आभार प्रकट गर्नुभएको हो ।
त्यस्तै हाम्रो पहुँच बहुँउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले आफुले कुनैपनि काम गरिरहदा त्यसले आर्थिक लाभ दिलाईरहेको छ कि छैन भन्ने कुरा बुझ्न जरुरी रहेको बताउनुभयो । त्यस्तै उहाँले सम्पुणर् नागरिक वित्तीय शाक्षर हुन जरुरी रहेको बताउनुभएको छ ।
त्यस्तै कार्यक्रममा बोल्ने अन्य वक्ताले ऋणको समुचित प्रयोग नहुदा पछिल्लो समय समस्या रहेको बताउदै पुँजीलाई रोजगारसँग जोड्न जरूरी रहेको बताएका हुन् ।
कार्यक्रमको बिषयवस्तु माथी संस्थाका प्रमुख कार्यकारी अधिकृत पाण्डेले प्रकाश पार्नुभएको हो । त्यस्तै सिटिजन्स लाईफ ईन्सुरेन्स तुलसीपुर शाखा प्रमुख सुजन शाहले बिभिन्न किसिमका जोखिम उत्पन्न भएको बेला साहारा हुने बताउनुभयो ।
कार्यक्रममा बिजिनेस बिभाग प्रमुख कमल पोख्रेल, कृषि प्राबिधिक जिबराज अधिकारीलगाएतकाले बोल्नुभएको हो । संस्थाका लङ्ग बहादुर बमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण एनएमबि बैंक बचत तथा केन्द्र ब्यबस्थापन बिभाग प्रमुख प्रेम सुवेदीले गर्नुभएको हो ।