तुलसीपुर, २९ फागुन ।
दाङको तुलसीपुरमा करिब १५ लाखको लागतमा आमा डेरी संचालनमा आएको छ । तुलसीपुर–७ निवासी देवराज भण्डारी र बसन्ता पाण्डे (भण्डारी)ले आमा डेरी संचालनमा ल्याउनुभएको हो ।
दुध उत्पादनका लागि गाईपालन गरिरहेका भण्डारी दम्पतिले तुलसीपुरको घोराही चोकमा डेरी व्यवसाय संचालनमा ल्याउनुभएको हो । उत्पादित दुधलाई बजारीकरणमा सहजताका लागि आफै डेरी व्यवसाय संचालन गरेको संचालक भण्डारीले बताउनुभयो ।
डेरी व्यवसाय संचालन गरेसंगै आफु स्वरोजगारीसंगै अरुले पनि रोजगारी पाउने उहाँले बताउनुभयो । आज उहाँको ८२ वर्षिय आमा गोपाकुमारी भण्डारीले रिवन काटेर डेरी व्यवसायको शुभारम्भ गरिएको हो ।
किसानले दुधको मूल्य पनि सहि पाउने र उपभोक्तालाई पनि सुपथ मूल्यमा दुग्धजन्यवस्तु उपलब्ध गराउने संचालक भण्डारीले बताउनुभयो ।
प्रकाशित मिति : २०७९ फाल्गुन २९ गते सोमवार