दाङ, २९ फागुन ।
वन र कृषि क्षेत्रका राम्रा पक्ष र यसको चुनौतीको बारेमा आज तुलसीपुरमा छलफल भएको छ । ग्रिन फाउन्डेसन तुलसीपुरको आयोजनामा वन तथा कृषि सहज कार्यक्रम भएको हो ।
त्यस अवसरमा तुलसीपुर उपमहानगरका निर्वतमान मेयर घनश्याम पाण्डेले जलबायु परिवर्तनले देशव्यापी चिन्ता थपिएको भन्दै यसको न्यूनिकरण गर्नको लागि काम गर्न आवश्यक रहेको बताउनुभयो ।
उहाँले वन र कृषिको अन्तर सम्बन्धलाई एकै ठाउँमा जोडन्का लागि स्थानीय सरकारले भुमिका खेल्नुपर्ने बताउनुभयो । कार्यक्रमका बिशिष्ट अथिति सोफीले बन र कृषिमा धेरै सम्भावना रहेकाले योजना बनाएर काम गर्नुपर्ने बताउनुभयो ।
उहाँले यो कार्यक्रम तुलसीपुर क्षेत्रमा मात्र नभएर बिभिन्न जिल्ला सम्म पुर्याउन सके वन र कृषि क्षेत्रबाट पनि धेरै आम्दानी गर्न सकिने उहाँको भनाइ छ । कार्यक्रममा जनप्रतिनिधि, सरोकारवाला निकाय, स्थानीय किसानहरुलेले वन तथा कृषि क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्न आग्रह गरेका छन् ।
उनिहरुले बन क्षेत्रबाट आम्दानी गर्ने माध्यम धेरै भएकाले व्यावसायमा जोडिन सक्ने बताएका छन् । त्यसैगरी किसानले उत्पादन गरेका सामान बजारीकरण गर्न समस्या भएको भन्दै यसको व्यवस्थापनमा स्थानीय सरकारले सहजीकरण गर्नुपर्ने बताएका छन् ।
ग्रिन फाउन्डेसन दाङका अध्यक्ष बिष्णु बहादुर केसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरका प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । फाउन्डेसनका कोषाध्यक्ष खुमप्रसाद भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण दिपक परियारले गर्नु भएको हो ।