२०८१ असोज १९ गते शनिवार

रजौराको महायज्ञको छैठौँ दिन दुई लाख बढी दान



तुलसीपुर, २८ फागुन ।

तुलसीपुर रजौरा कमलपोखरी नजिक सञ्चालन भइरहेको ‘श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञ’ २०७९ को छैठौँ दिन दुई लाख बढी रकम दान प्राप्त भएको छ । महायज्ञमा हालसम्म दुई सय बढी दानदाताले नगद प्रदान गरेका छन् भने जिन्सी दान गर्नेको संख्या पनि बढेको छ ।

नेपाल मानब धर्म सेवा समिति दाङले महायज्ञको आयोजना गरेको छ । महायज्ञबाट संकलन भएको रकमले मानब धर्म सेवा समितिले ब्यबस्थित आश्रम निर्माणको लक्ष्य लिएको छ । महायज्ञको छैठौँ दिन तुलसीपुर ५ पिपलबोट नजिक रोल्पाली डाँगी स्टोर सञ्चालन गरीरहनुभएका ब्यबसायी लालबहादुर डाँगीले ५१ हजार एक सय ११ रुपैया दान गर्नुभएको छ ।
यस्तै तुलसीपुर ३ दमारगाउँ निबासी नाती आयांश केसीको उज्वल भबिष्यको कामनासहित हजुरआमा साबित्रा केसी र मावली हजरआमा गीता रेउलेले ५१ हजार ५ रुपैया दान गर्नुभएको छ । यस्तै छैठौँ दिनमा पनि भक्तजन र दानदाताको सहभागीता उल्लेख्य रहेको थियो ।

हालसम्म सबैभन्दा धेरै बबई ६ टिकुलीगैरा हाल तुलसीपुर ६ रजौरा निबासी बीरबहादुर भण्डारीको परिवारले एक लाख एक हजार एक सय ११ रुपैया दान प्रदान गरेको छ । यस्तै तुलसीपुर ३ निबासी निबासी शिबमाया पुन र गंगाराम थापाले जनही ५० हजार एक सय ५ रुपैयाँ दान गर्नुभएको छ ।

महायज्ञ मुल आयोजक समितिकना संयोजक तथा तुलसीपुर चेम्बर अफ कमर्शका अध्यक्ष टोपबहादुर घर्तीले मंगलबार अन्तिम दिन रहेको भन्दै कथा श्रबण तथा दान गर्न आग्रह गर्नुभएको छ । पुण्य कार्यका लागि महायज्ञ सञ्चालन भएको भन्दै संयोजक घर्तीले मंगलबार महायज्ञमा सहभागी हुनका लागि तुलसीपुर क्षेत्रका ब्यबसायी, उद्योगी, ब्यापारी, समाजसेबी तथा अन्य भक्तजनलाई सहभागी हुन आग्रह गर्नुभएको छ ।

महायज्ञबाट ५० लाख बढी आर्थिक संकलन गरेर ब्यबस्थित आश्रम निर्माण गर्ने लक्ष्य राखिएको समितिका अध्यक्ष हेमराज भण्डारीले जानकारी दिनुभयो । तुलसीपुर ६ रजौरा ९कमलपोखरी० नजिक २०७५ सालमा नेपाल मानब धर्म सेवा समितिले आश्रम सञ्चालन गरीरहेको छ ।

महायज्ञमा एक रुपैयादेखि पाँच सय रुपैया सहयोग गर्ने दाताले दान पेटिका मार्फत् रकम उपलब्ध गराउने ब्यबस्था गरिएको छ । यस्तै पाँच सय एक रुपैयादेखि एक हजारसम्म सहयोग उपलब्ध गराउने दातालाई नगदि रसिद, एक हजारदेखि पाँच हजारसम्म सहयोग उपलब्ध गराउने दातालाई नगदि रसिद तथा रुद्राक्षको मालासहित अबिर लगाएर सम्मान गर्ने मुल आयोजक समितिले निर्णय गरेको छ ।

यस्तै पाँच हजार एक रुपैयादेखि दश हजारसम्मलाई नगदि रसिद, रुद्राक्षको माला र प्रमाण पत्रले सम्मान गर्ने, एघार हजारदेखि २० हजारसम्मलाई प्रमाण पत्र, शिलालेखमा नाम लेखाउने, नगदि रसिद उपलब्ध गराउने, २० हजार एक रुपैयादेखि ३० हजारसम्मको सहयोग उपलब्ध गराउने दातालाई शिलालेखमा नाम, प्रमाण पत्र, नगदि रसिद दिएर सम्मान गर्ने, ३० हजार एक रुपैयादेखि ५० हजार सहयोग उपलब्ध गराउने दातालाई चादीको फ्रेम, शिलालेखमा नाम लेखाउने र नगदि रसिद उपलब्ध गराउने गरिएको छ ।

यस्तै ५० हजार एक रुपैयादेखि एक लाखसम्म सहयोग उपलब्ध गराउने दातालाई शिलालेखमा नाम, स्वर्ण फ्रेमको प्रमाण पत्र र अबिरमालासहित बजार परिक्रमा गराउने निर्णय भएको महायज्ञ मुल आयोजक समितिले जनाएको छ ।

प्रकाशित मिति : २०७९ फाल्गुन २९ गते सोमवार