२०८१ कार्तिक १९ गते सोमवार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रविधिमैत्री प्रयोगशाला



दाङ, २९ फागुन ।
दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रविधिमैत्री प्रयोगशाला सेवा सुरुवात भएको छ । प्रतिष्ठानका सूचना अधिकारी निशानदाजु भट्टराईले अब विगत जस्तो हातले लेख्नुपर्ने आवस्थाको अन्त्य भएको बताउनुभयो ।

कम्प्युटरबाटै सबै रिपोर्ट आउने भएपछि सहज हुुने उहाको भनाई छ । उहाका अनुसार ‘फुल्ली अटोमेटिक सिस्टम’का लागि मेसिन जडान गरेर काम सुरु भएको छ । मेसिनबाट ‘अटोमेटिक’ प्रिन्ट भएपछि त्यसलाई क्रस भेरीफाइ गरेर मात्रै बिरामीलाई रिपोर्ट दिन थालिएको छ ।

यसले गर्दा विगतमा जस्तो त्रुटि प्रतिष्ठानले भोग्नु नपर्ने उहाको भनाइ छ । यो मेसिन दाङमै पहिलो पटक भित्र्याइएको उहाँले बताउनुभयो । डिजिटल ल्याब सेवा सुरु भएसँगै सहज भएको छ ।।

प्रकाशित मिति : २०७९ फाल्गुन २९ गते सोमवार