
सल्यान, ३० फागुन ।
सल्यानमा बन्दुकको गोली लागेर एक जनाको मृत्यु भएको छ । शिकार खेल्न जंगलमा गएका बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ९ स्वाराका अन्दाजी १६ वर्षीय चित्र बहादुर रावतको अचानक बन्दुक पड्किदा गोली लागेर मृत्यु भएको हो ।
सोमबार बेलुका साढे ५ बजेतिर घर नजिकैको जंगलमा शिकार खेल्न गएका रावतलाई संगै रहेका ४० वर्षिय आइते रावतले बोकेको बन्दुक पड्कीदा गोली लागेको हो ।
बन्दुकको गोली पेट र घाटिमा लागी घाइते भएका चित्र बहादुरलाई उपचारको लागि गाडीमा सुर्खेत तर्फ लिदै गर्दा सोहि नगरपालिकाको वडा नं।७ ओरघाटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
घटना पश्चात प्रहरी घटनास्थलमा पुगेको र शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा लगिएको छ । घटना लगत्तै बन्दुकसहित आइते रावत फरार रहेको र उनको खोजि कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता इनिस्पेक्टर सन्तोष खनालले जानकारी दिनुभयो ।