२०८२ बैशाख ८ गते सोमवार

तुलसीपुरमा अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवस मनाइने



तुलसीपुर,१ चैत।
दाङको तुलसीपुर उपमहानगरपालिकाले २१ मार्च मनाउने भएको छ । उपमानगरपालिकामा हिजो भएको छलफलमा आउदो चैत ७ गते विभिन्न कार्यक्रम गरी अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवस २१ मार्च मनाउने निर्णय गरेको कार्यपालिका सदस्य लक्ष्मण विश्वकर्माले जानकारी दिनुभयो । तुलसीपुर क्षेत्रका दलित संग सम्बन्धित दर्जन बढि विभिन्न सामाजिक संघसंस्थाहरुको सहकार्य र समन्वयमा दिवसका अवसरमा कार्यक्रम आयोजना गर्न लागीएको उहाले जानकारी दिनुभयो ।

उहाका अनुसार दिवस मनाउने बारे तुलसीपुरमा आयोजित तयारी बैठकमा सरोकारवालाहरुसंग बृहत छलफल गरिएको छ । बैठकमा दिवसका अवसरमा तुलसीपुरमा झाकी जुलुस सहितको बृहत ¥याली ,अन्र्तक्रिया तथा सम्मान कार्यक्रमको आयोजना गर्ने निर्णय भएको छ ।

साथै बैठकले नगरप्रमुख टिकाराम खड्काको संयोजकत्वमा मुल आयोजक समिति गठन गरेको उहाले जानकारी दिनुभयो । यस्तैगरी कार्यपालिका सदस्य लक्ष्मण विश्वकर्माको संयोजकत्वमा आर्थिक सहयोग संकलन उपसमिति, मन्च व्यवस्थापन उपसमिति र प्रचारप्रसार लगाएतका विभिन्न उपसमिति गठन गरिएको छ ।

कार्यपालिका सदस्य यमुना परियारको अध्यक्षतामा बसेको बैठकमा राष्ट्रिय दलित समाज कल्याण संघका कन्द्रिय उपाध्यक्ष जोगेन्द्र विश्वकर्मा, मानव अधिकार तथा शान्ति समाजका केन्द्रिय सचिव निर्मल नेपाली, दलित महिला संघ दाङका अध्यक्ष युवा करारा, कार्यपालिका सदस्य बसन्ता केसी, दलित सेवा संघका छवि परियार , विभिन्न वडाका दलित महिला सदस्यहरु लगाएतले बोल्नु भएको थियो ।

बैठकको सहजीकरण महिला बालबालिका तथा सामाजिक विकास शाखाका प्रमुख माया श्रेष्ठले गर्नुभएको थियो ।

प्रकाशित मिति : २०७९ चैत्र १ गते बुधवार