२०८१ असार ४ गते मङ्गलवार

ज्ञान दीप कलेजको स्ववियु सभापतिमा सुदिप नेपाली निर्विरोध चयन



तुलसीपुर,२ चैत ।

दाङको तुलसीपुर ६ बरुवागाउँ स्थित ज्ञान दीप कलेजको स्ववियु सभापतिमा नेविसंघका सुदिप नेपाली निर्विरोध चयन हुनुभएको छ।

त्यस्तै उपाध्यक्षमा अखिल क्रान्तिकारी विप्वल का कमला चन्द ठकुरी, सचिबमा अखिलका झरणा आरसी,
कोषाध्यक्षमा अखिल क्रान्तिकारीका प्रविण योगीलाई चयन गरिएको छ ।

त्यस्तै सहसचिबमा अखिलका करुणा परियार, सदस्यहरुमा भाष्कर बुढाथोकी, दीपा वली, विभुती वली, राजेश गौतम, दिपक डाँगी,विवेक भट्टराई,रेजिना मास्की, कोपिला चन्द ठकूरी र सिया भण्डारीलाई चयन गरिएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र २ गते बिहिवार