२०८२ जेष्ठ १० गते शनिवार

वडास्तरिय हाजिरीजवाफ प्रतियोगितामा मावि दोघरे प्रथम



दाङ, २ चैत ।
तुलसीपुरमा वडास्तरिय हाजिरीजवाफ प्रतियोगिता भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ९ को आयोजनामा प्रतियोगिता भएको हो । वडा नम्बर ९ का वडा अध्यक्ष घनश्याम ढकालको अध्यक्षता तथा नगरप्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी खड्काले विद्यार्थीलाई यस्ता प्रतियोगिताले ब्यक्तित्व विकास हुनुको साथै वौद्धिक विकास पनि हुने भएकाले आगामी दिनमा यस्ता किसिमका कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभएको हो ।

प्रतियोगितामा वडाका सामुदायीक र संस्थागत गरी ७ वटा विद्यालयको सहभागिता रहेको थियो । जसमा मावि दोघरे प्रथम, सप्तरङ्गी ईङ्लिस बोर्डिङ स्कुल द्धितीय, सगरमाथा वालवाटिका बोर्डिङ स्कुल तृतिय र पारिजात बोर्डिङ स्कुलले सान्त्वना स्थान हासिल गरेका छन् ।

प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना स्थान हासिल गर्ने विद्यार्थीलाई प्रमाणपत्र र नगद सहित सम्मान गरिएको हो । कार्यक्रमको सहजीकरण वडा सचिव यमनारायण सापकोटाले गर्नुभएको हो ।

प्रकाशित मिति : २०७९ चैत्र २ गते बिहिवार