तुलसीपुर,३ चैत ।
जन स्वास्थय प्रवद्धन महाशाखाको आयोजनामा आज (शुक्रवार) तुलसीपुरमा पोषण सूचाङ्कको समिक्षा तथा अभिमुखिकरण कार्यक्रम भएको छ ।
पोषण सम्बन्धी जारी नयाँ निर्देशिकाको जानकारी तथा हाल सम्म भएका पोषण सूचाङ्कहरुको बारेमा छलफल गरीएको हो ।
तुलसीपुर उपमहानगरपालिका जप्रवद्धन महाशाखा शाखा प्रमुख ओम प्रकाश न्यौपानेको अध्यक्षता तथा नगरउप–प्रमुख स्यानि चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पालीकाका सवै वडा,जिल्ला तथा लुम्बिनी प्रदेशको समग्र पोषण अवस्थाको बारेमा कार्यक्रमगरिएको थियो।
अभिमुखिकरण कार्यक्रममा तुलसीपुर उपमहानगर पालिकाका सबै स्वास्थ्य संस्थाका पोषण फोकलपर्सनको सहभागीता रहेको थियो।
हाल सम्मको पोषण कार्यक्रमको उपलब्धिको अवस्था तथा वर्तमान परिवेशमा परिमार्जित भएका निर्देशिकाहरु र पोषण लेखाजोखाको बिषयमा सुआहारा दाङका कोर्डिनेटर अमृत पौडेल र स्वास्थ्य कार्यालय दाङका पोषण फोकलपर्सन सिता कुवँँरले अभिमुखिकरण गर्नु भएको थियो।
अहिले मानपुर र टरिगाँउमा गरी तुल्सीपुर उपमहानगरपालीका भित्र दुई वटा अति शीघ्र कुपोषित बालबालिका उपचार केन्द्र सञ्चालनमा रहेका छन । हरेक महिना खोप क्लिनिक र गाउँघर क्लिनिक बाट २ वर्ष मुनिका बालबालिकाको पोषण स्थितिको लेखाजोखा गरी १ हजार दिनका आमा हरुलाई पोषण परामर्श सेवा प्रदान भैरहेको छ।
हाल सम्म औसत तौल लिने समय ३ पटक भन्दा कम रहेकोले यस लाई बढाउँदै लैजाने ,बालभिटा को प्रयोग , गर्भबती,सुत्केरी र किशोरी हरुमा आइरन फोलिक एसिड को प्रयोगलाई बढाउँदै लैजाने, हरेक स्वास्थ्य संस्थामा पोषण कर्नर निर्माण गर्ने ,कुपोषण लाई न्यूनीकरण गर्दै लैजाने जस्ता योजना समिक्षा कार्यक्रमवाट अघि सारीएको छ।
जनस्वास्थ्य प्रवद्धन महाशाखा महाशाखाका विष्णु कुमार गिरीको स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रमको सहजिकरणजनस्वास्थ्य निरीक्षक विमल केसीले गर्नु भएको थियो।