२०८१ असोज २७ गते आइतवार

तुलसीपुर होटल व्यवसायी र नागरिक हस्पिटलबिच सम्झौता, उपचारमा १५% सम्म छुट



तुलसीपुर, ४ चैत ।
तुलसीपुरमा रहेको नागरिक केयर हस्पीटलले उपचारमा छुट दिने भएको छ । तुलसीपुर होटल व्यवसायी समिति र हस्पिटलबिच हिजो सोमवार भएको सम्झौता अनुरुप होटल व्यवसायी र होटल व्यवसायका कर्मचारीले परिचय पत्रको आधारमा छुट पाउने भएका हुन् ।

हस्पिटलका संचालक सुरज ज्ञवाली र होटल व्यवसायी समितिका अध्यक्ष इन्द्र बहादुर बस्नेतबिच सम्झौता भएको हो । सम्झौता अनुसार हस्पिटलले विभिन्न उपचारमा ५ देखि १५ प्रतिशतसम्म छुट दिने भएको हो ।समितिले पत्रकार सम्मेलन गरी होटल व्यवसायी समिति र अस्पतालबिच सम्झौता भएको जनाएको हो ।

समितिका अध्यक्ष बस्नेतको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा समितिका उपाध्यक्ष दोर्ण आचार्यले होटल व्यवसायी र कर्मचारीलाई आउने स्वास्थ्य समस्यालाई सहजरुपमा उपचार गर्न नागरिक केयर हस्पिटलबिच सम्झौता भएको बताउनुभयो । पत्रकार सम्मेलनको सहजीकरण समितिका सचिव तुफान केसीले गर्नुभएको हो ।

 

प्रकाशित मिति : २०७९ चैत्र ४ गते शनिवार