२०८१ जेष्ठ ९ गते बुधवार

गोठिखोलामा मोटरसाईकल दुर्घटना हुँदा एकजना घाईते



दाङ, ४ चैत ।
दाङमा मोटरसाईकल दुर्घटनामा परि एकजना घाईते भएका छन् । घाईते हुनेमा तुलसीपुर–४ गोठीखोलाका ४३ बर्षिय कविराम खत्री रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता तथा ईन्सपेक्टर पर्वत केसीले जानकारी दिनुभयो ।

दाङ–सल्यान सडकखण्ड अन्तर्गत तुलसीपुरबाट गोठीखोलातर्फ जादै गरेको रा ३ प ९८९८ नम्बरको मोटरसाइकल आज बिहान करिब ९ बजे आफै अनियन्त्रित भएर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर घाईते भएका खत्रीको टाउको र शरिरको भित्री भागमा चोट रहेको छ । घाईतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचार पश्चात थप उपचारका लागि नेपालगंज रेफर गरिएको उहाँले बताउनुभएको हो ।

दुर्घटना पश्चात मोटरसाइकल प्रहरीको नियन्त्रण रहेको र आबश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र ४ गते शनिवार