तुलसिपुर,५ दाङ ।
राप्ती बबई क्याम्पस तुलसीपुरमा स्ववियु चुनाव चैत ७ गते हुने भएको छ । चैत ४ गते हिजो निर्वाचन कार्यालयमा नेवि संघ र क्याम्पस प्रशासनमा अनेरास्ववियूले ताला लगाएपछि आजको चुनाव स्थगित भएको थियो ।
आज क्याम्पस प्रशाासन,विद्यार्थी संगठनका प्रतिनिधि,क्याम्पस व्यवस्थापन समिती तथा राजनितिक दलका प्रतिनिधिहरु विच भएको छलफलमा सहमती जुटेपछि चैत ७ गते चुनाव गर्ने निर्णय भएको निर्वाचन समिति संयोजक टेकन प्रसाद कंडेलले जानकारी दिनुभयो ।
छलफलमा भएको सहमती अनुसार चैत ६ गते साँझ ४ वजेसम्म परिचयपत्र वनाउनुपर्ने विद्यार्थीका लागी समय तोकीएको छ । चैत ७ गते विहान ८ वजेदेखि शुरु हुने निर्वाचनामा क्याम्पसको परिचयपच सहित नेपाल सरकारवाट जारी भएको नेपाली नागरीकताको प्रमाणपत्र,सवारीचालक अनुमतिपत्र,मतदाता परिचयपत्र,राहदानी तथा कक्षा १२ उतिर्ण हुँदाको प्रवेशपत्र अथवा ट्रान्सकृप्ट मध्य कुनै एक कागजात अनिवार्य साथमा ल्याउनुपर्ने निर्वाचन समिति संयोजक कंडेलले जानकारी दिनुभयो ।
मतपत्रमा नेवि संघ र अनेरास्ववियु (क्रान्तिकारी) नाम लेख्न पाउनुपर्ने माग राखेर नेवि संघले निर्वाचन कार्यालयमा तालाबन्दी गरेको थियो भने नाम लेख्न नहुने भन्दै अनेरास्ववियूले क्याम्पस प्रशासनमा शनिवार तालाबन्दी गरेको थियो ।