२०८१ साउन ८ गते बुधवार

तुलसिपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जना गम्भिर घाइते



फाईल तस्विर

दाङ, ६ चैत ।
दाङमा मोटरसाइकल दुर्घटनामा परी एक जना गम्भिर घाइते भएका छन् । घोराही-तुलसीपुर सडकखण्ड अन्तगर्त तुलसीपुर-६ कृषि विकास बैंक अगाडी भएको दुर्घटनामा परी तुलसीपुर-१८ का २५ वर्षिय शिर्षक पुन गम्भिर घाइते हुनुभएको हो ।

बिजौरीबाट तुलसीपुर आउँदै गरेको रा ७ प ६४४९ नम्बरको मोटरसाइकल आइतबार राती साढे नौ बजेतिर दुर्घटना भएको इलाका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता पर्वत केसीले जानकारी दिनुभयो ।

तिब्र गतिमा रहेको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । गम्भिर घाइतेको तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र ६ गते सोमवार