२०८० फाल्गुन १३ गते आइतवार

सानिमा मिडिल तमोरको आईपीओ बुधवार बाँडफाँट हुदै



दाङ,७ फागुन ।

सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ  बुधवार बाँडफाँट हुने भएको छ ।
बुधवार बिहान १० बजे क्यापिटलको कार्यालयमा बाँडफाँट हुने विक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । कम्पनीले फागुन २६ गतेदेखि ३० गतेसम्म सर्वसाधारणका लागि ४२ लाख ४८ हजार ९८३ कित्ता शेयर निष्कासन गरेको थियो।

उक्त आईपीओमा १४ लाख १२ हजार १३ जनाले १ करोड ६२ लाख ४० हजार ९४० कित्ताका लागि आवेदन दिएका छन्। माग भन्दा बढी आवेदन परेको हुदा ४ लाख २४ हजार ८९३ जना आवेदकले १० कित्ता दरले आइपीओ प्राप्त गर्ने छन् भने बाँकी ८ कित्ता शेयर आठ जनाले ११ कित्ताका दरले पाउनेछन् ।

कम्पनीले ताप्लेजुङमा ७३ मेगावाट क्षमताको मध्य तमोर जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । यही आयोजना निर्माणका लागि कम्पनीले आईपीओ जारी गरेको हो । यस आयोजनाको कुल लागत १३ अर्ब ३३ करोड रुपैयाँ छ ।

 

प्रकाशित मिति : २०७९ चैत्र ७ गते मङ्गलवार