
दाङ, ७ चैत ।
तुलसीपुरको राप्ती बबई क्याम्पसमा भैरहेको स्ववियू निर्वाचन स्थगित भएको छ । बिहान साढेआठ बजेदेखि सुरु भएको मतदानमा ५ सय ३३ मत खसेको हो । मतदानकै क्रममा एउटै विद्यार्थीसंग २३ वटा परिचयपत्र फेला परेपछि निर्वाचन स्थगित भएको हो ।
यसैबिच निर्वाचन सम्बन्धि विबाद बढेपछि निर्वाचन अधिकृत कडेँलले राजीनामा दिनुभएको छ । उहाँले राजीनामा दिएसँगै खसेको मतको मुचुल्का लिएर क्याम्पस प्रशासनलाई जिम्मा लगाईने उहाँले बताउनुभयो ।।
प्रकाशित मिति : २०७९ चैत्र ७ गते मङ्गलवार