२०८१ जेष्ठ ३१ गते बिहिवार

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ



 

दाङ, ९ चैत ।
दाङ प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार एक जनालाई प्रतिवादीलाई १३ वर्षपछि पक्राउ गरेको छ । राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङ निवासी मोहम्मद अमर मुसलमान भन्ने मोहम्मद अमिरलाई १३ वर्षपछि पक्राउ गरेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ ।

अमिरलाई कर्तव्य ज्यान सम्बन्धि कुसरमा कपिलवस्तु जिल्ला अदालतले २०६६ साल वैशाख ८ गते २० बर्ष कैद फैसला सुनाएको थियो । फरार रहेका अमिरलाई इलाका प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक उज्ज्वल बहादुर सिंहको कमाण्डमा खटीएको प्रहरी टोलीले राप्ती गाउँपालिका वडा नम्बर १ भालुवाङस्थित लुकीछिपी बसि रहेको अवस्थामा पक्राउ गरेको हो ।

अमिरलाई पक्राउ गरी जिल्ला अदालत दाङमा पेश गरीएको हो । जिल्ला अदालत दाङले अमिरलाई कैद भुक्तानका लागी जिल्ला कारागार घोराहीमा पठाएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र ९ गते बिहिवार