दाङ,९ चैत ।
लघुबित्त कर्मचारी मन्च दाङ देउखुरीले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । मञ्चले आज बिहिबार लमही नगरपालिकावडा नं. १ नर्तिमा रहेको सुर्य बिनायक माद्यामिक विद्यालय नर्तिमा ग्लोबल मनि वीक को अवसर पारेर उक्त कार्यक्रम आयोजना गरेको हो ।
लघुबित्त कर्मचारी मन्चका अध्यक्ष केशवराज पोख्रेलको अध्यक्षता तथा पत्रकार ओम प्रकाश गुप्ता को प्रमुख आतिथ्यतामा कार्यकम सम्पन्न भएको हो ।
कार्यक्रममा लघुबित्त कर्मचारी मन्चका सदस्य तथा फरवार्ड लघुबित्त नर्तिका शाखा प्रबन्धक रेशुलाल चौधरिले वित्तीय साक्षरता अन्तरगत बित्तीय कारोबार, भविष्यको योजना, सुरक्षित बचत, बिप्रेषणबाट प्राप्त रकमको उत्पादनमुलक लगानी, पारिवारिक बजेट तथा योजना, जोखिम न्यूनीकरण सम्बन्धि प्रशिक्षण दिनुभयको थियो साथै लघुबित्त कर्मचारी मन्चलका सदस्य तथा किसान लघुबित्तका शाखा प्रमुख चेतराज जोशी ले लघुबित्तको बिकासक्रम ,हाल नेपाल मा लघुबित्तको अबस्था र यशले समाज मा पुर्याको योगदान को बरेमा प्रकाश पार्नु भयको थियो , कर्जा नतिर्दा हुने हानी र त्यस्ले पार्ने प्रभाव बारे शिभिल लघुबित्तका शाखा प्रमुख खिमान्न्द तिवरी ले जानकारी गराउनुभएको थियो ।
विद्यालयका करिब ७० जना बिद्यार्थीहरुलाई बित्तीय क्षेत्रको बारेमा जानकारी दिने उद्धेश्यले उक्त कार्यक्रमको आयोजना गरिएको मञ्च लेजनाएको छ । आफ्नो विद्यालयका बिद्यार्थीहरुलाई लक्षित गरि बितिय साक्षरता कार्यक्रम गरेकोमा विद्यालयका बिद्यार्थीहरुले लघुबित्त कर्मचारी मन्चलाई धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रमले विद्यार्थीहरूमा बित्तीय सचेतना निकै प्रभावकारी भएको तथा लघुबित्तको बारेमा लियको ज्ञानलाई आफनो जिबनमा लागू गर्दै परिवार र समाजलाई पनि जानकारी गराउनु होला भनी लघुबित्त कर्मचारी मन्च दाङ देउखुरीका अध्यक्ष तथा नेशनल माइक्रो फाइनान्स लघुबित्त जलुकेका शाखा प्रमुख केशब राज पोख्रेलले बताउनुभयो । लक्ष्मी लघु बित्तका शाखा प्रमुख शिला जि.सि को स्वागत मन्तव्यवाट शुरु भएको कार्यक्रमको सहजीकरण मञ्चका सचिब तथा उन्नति सहकार्य लघु बित्तका शाखा प्रमुख सन्तोष पौडेलले गर्नुभएको थियो ।