२०८२ बैशाख ८ गते सोमवार

इन्टरनेट प्रादायक संस्थाले तार व्यबस्थापन नगरे लाइन काटने विद्युत कार्यालयको चेतावनी



दाङ, १३ चैत ।
नेपाल विद्युत प्राधिकरण तुलसीपुर वितरण केन्द्रले इन्टरनेट सेवा प्रदायक कम्पनीहरूलाई तत्काल तुलसीपुर बजार र मुख्य हाइवेमा रहेका तारहरू व्यवस्थापन नगरेमा लाइन काट्ने चेतावनी दिएको छ ।

तुलसीपुर बजार र पूर्वमा ग्वारखोला, पश्चिममा हापुरे, उत्तरमा राम्री र दक्षिणमा दमारगाउँसम्म सडकमा अव्यवस्थित रुपमा रहेका इन्टरनेटका तारहरू व्यवस्थापन गर्न आग्रह गर्दै आएको केन्द्रले जनाएको छ ।

पटक पटक आग्रह गरेको भएयता पनि अहिलेसम्म काम नभएको भन्दै विद्युत केन्द्रले तुलसीपुरमा रहेका नेपाल दूर सञ्चार केन्द्रसहित ११ वटा कम्पनीहरूलाई कार्यालयमा पुगेर तत्काल व्यवस्थापन गर्न आग्रह गरेको छ ।

बजारमा रहेका तारहरूले बजारको सुन्दरतालाई असर गरेको र जमिनदेखि तार नजिकै भएकाले दुर्घटनाको जोखिम बढ्ने भएकाले आफूले पटक पटक आग्रह गर्दै आएको भएयता पनि अहिलेसम्म कुनै काम नभए पनि केन्द्रका प्रमुख ज्ञान बहादुर फर्सालले बताउनुभयो ।

यस्तै विद्युत पोलमा अव्यवस्थित तारहरूलाई व्यवस्थित गर्नु पर्ने र प्रयोग नहुने तारहरूलाई हटाउनु पर्ने उहाको भनाइ छ । व्यवस्थापनको लागि उनीहरूलाई केही समस्याहरू भएपनि ति समस्याहरू आफूहरूले हल गरिदिने पनि बताउनुभयो ।।

प्रकाशित मिति : २०७९ चैत्र १३ गते सोमवार