२०८१ असोज २१ गते सोमवार

सोमबार र बिहिबार हापुरेबाटै महशुल बुझाउन सकिने



दाङ, १६ चैत ।

विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरले हापुरेमा काउन्टर स्थापना गरेको छ । पश्चिम दाङका नागरिकलाई विद्युतको महशुल बुझाउन सहजताका लागि तुलसीपुर उपवितकरण केन्द्र हापुरेमा स्थापना गरिएको हो ।

हापुरे काउन्टरबाट अबदेखि प्रत्येक साताको सोमबार र बिहिबार महशुल लिन थालेको विद्युत प्राधिकरण वितरण केन्द्र तुलसीपुरका प्रमुख ज्ञान बहादुर फर्सालले जानकारी दिनुभयो । काउन्टर स्थापना भएसंगै पश्चिम दाङका करिब १५ हजार ग्राहकलाई सेवा दिने उहाँले बताउनुभयो ।

हापुरे काउन्टरमा अहिले तत्कालको लागि पाँच जना जनशक्तिको व्यवस्थापन गरिएको छ । प्रमुख फर्सालका अनुसार निकट भविष्यमा हापुरे काउण्टरबाट मिटर जडान, मिटर ठाउँसारी, नामसारी, लगत खारेज, बन्द मिटर बदली लगायतको काम गरिने भएको छ ।

यसैबिच हावा हुरी तथा वर्षातको समय शुरु भएकाले कुनै पनि ठाउँमा तार खसेमा, झिल्को आएमा कार्यालयको फोन ०८२–५२००१७ मा फोन गर्न पनि अनुरोध गरिएको छ । यस्तै भिजेको हात र खाली खुट्टाले विद्युतिय उपकरण नछुन पनि अनुरोध गरिएको छ ।

पानी परेको समयमा विद्युतीय सुरक्षा सतर्कता अपनाउनुपर्ने भन्दै प्रमुख फर्सालले घरमा भएका पावर सकेटमा टेप लगाउन, विद्युतिय उपकरण काम सकिएपछि बन्द गर्न आम ग्राहकमा अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र १६ गते बिहिवार