२०८१ कार्तिक २८ गते बुधवार

सगरमाथा जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट



काठमान्डौँ,१७ चैत ।

सगरमाथा जलविद्युत कम्पनीको चैत ८ गतेदेखि चैत १२ गतेसम्म निष्काशन खुला भएको आईपीओ आज दिउँसो बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा आईपीओ बाँडफाँट  गरिएको हो । सर्वसाधारणका लागि छुट्याइएको आईपीओ ३ लाख ५८ हजार १ सय ७६ जनाले १०–१० कित्ताका दरले पाएका छन् ।

कम्पनीको आईपीओमा १४ लाख ३३ हजार ७ सय १७ जनाले १ अर्ब ६० करोड ७६ लाख ७४ हजार रुपियाँ बराबरको १ करोड ६० लाख ७६ हजार ७४० कित्ताका लागि आवेदन दिएका थिए ।

 

प्रकाशित मिति : २०७९ चैत्र १७ गते शुक्रवार