२०८१ मङ्सिर २३ गते आइतवार

तुलसीपुर १२ मा हाट बजार संचालन गर्ने तयारी



दाङ, २५ चैत ।
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ मा हाट बजार संचालन गर्ने तयारी गरिएको छ । हाट बजार बजार संचालनमा आएपछि चार वटा वडाका कृषक लाभान्वित हुने भएका छन् । तुलसीपुरका वडा नम्बर ११, १२, १३ र १५ नम्बर वडाका कृषकहरु लाभान्वित हुने भएका हुन् ।

हाट बजार संचालनका लागि शनिबार (आज) शितलपुरमा कृर्षी हाट बजार व्यबस्थापन सम्बन्धि अन्तरक्रिया कार्यक्रम भएको छ । तुलसीपुर १२ को आयोजना तथा ओरेक नेपाल दाङकोे सहकार्यमा अन्तक्रिर्या कार्यक्रम भएको हो ।

कार्यक्रममा सहभागि किसानहरुले हाट बजार दिर्घकालिन रुपमा संचालन हुनुपर्नेमा जोड दिएका छन् । किसानले उत्पादन गरेको तरकारीको उचित मुल्य निर्धारण गरेमा राहात हुने बताएका छन् । त्यस अवसरमा नगर प्रमुख टिकाराम खडकाले स्थानिय उत्पादनलाई प्रोत्साहन गर्नको लागि हाट बजारको आबश्यक रहेको बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ ले गर्न लागेको काम प्रशंसनिय रहेको भन्दै उहाँले कृर्षकहरुलाई आफुले उत्पादन गरेको तरकारी हाट बजारसम्म ल्याउन आग्रह गर्नुभयो । हाट बजार संचालनमा आएपछि किसानहरुले उत्पादन गरेको तरकारी बजार सम्म ल्याउनु पर्ने बाध्यता हट्ने उहाँले बताउनुभयो ।

नगरप्रमुख खड्काले हाट बजारमा रहेको तरकारीलाई ताजा राख्नको लागि तुलसीपुर उपमहानगरपालिका र कृर्षि शाखाबिच समन्वय भइरहेको जानकारी दिनुभयो । किसानहरुको समर्थन मुल्यको ब्यबस्थापन उपमहानगरपालिकाले गर्ने उहाँले बताउनुभयो ।

तुलसीपुर कृषि विकास शाखा प्रमुख धनराज गौतम, पशु शाखा प्रमुख विकास आचार्य, तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष मिनराज भण्डारी, तुलसीपुर सरसफाई तथा खानेपानी समितिका उपाध्यक्ष सीताराम आचार्यले भारतीय तरकरीको अस्वभाविक आयातले गर्दा स्थानिय उत्पादनको पहिचान हुन नसकेको अबस्थामा हाट बजारले सहयोग पुग्ने बताउनुभयो ।

हाल बजारले किसानलाई किसानहरुलाइ प्रोत्साहन गर्नेमा उहाँले जोड दिनुभयो । वडा अध्यक्ष खुसीराम चौधरीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरका नगर प्रमुख खड्काको प्रमुख आतिथ्यतामा अन्तरक्रिया भएको हो । कार्यक्रमको सहजीकरण वडा सचिव गणेश आचार्यले गर्नुभएको हो ।

यसैबिच आत्माराम घिमिरेको अध्यक्षतामा नौं सदस्यीय कार्यक्रममा कृर्षि हाट बजार ब्यबस्थापन समिति गठन भएको छ । समितिको उपाध्यक्षमा कमला खत्री, नवराज रावत सचिव, सम्झना भण्डारी कोषाध्यक्षमा चयन हुनुभएको छ ।

सदस्यमा जुनु भण्डारी, जित बहादुर चौधरी चयन हुनुभएको छ भने पदेन सदस्यमा वडा वडा कार्यालयका प्रतिनिधि, उद्योग वाणिज्य संघ प्रतिनिधि र कृर्षि शाखा प्रतिनिधि प्रतिनिधि रहने भएको छ ।

सल्लाहाकारमा पशु सेवा शाखा तुलसीपुर, तरकारी मन्दि तुलसीपुर, शिव मन्दिर सीतलपुर, आनन्द बाघ सामुदायीक बन उपभोक्ता समिति र ओरेक नेपाल दाङ शाखा रहने भएको छ ।।

 

प्रकाशित मिति : २०७९ चैत्र २५ गते शनिवार