
दाङ, २६ चैत्र ।
लागु औषध मुद्धाका फरार प्रतिवादीलाइ प्रहरीले ६ महिनापछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका १५ का २० वर्षीय सरोज महरा क्षेत्री र सोही घटनामा संलग्न घोराही १७ का २३ वर्षीय डिम्याक्सलाल जंग दसौदी रहेको जिल्ला प्रहरी दाङका प्रहरी प्रवक्ता तथा डिएसपी राजन कुमार गौतमले जानकारी दिनुभयो ।
उनिहरुलाई प्रहरीले गत असोज २९ गते घोराही १३ बडहराबाट ५ ग्राम ४३० मिलिग्राम लागु औषध सहित पक्राउ गरेको थियो । पक्राउपछि फरार रहेका दुबै जनालाई हिजो खोजतलास गर्ने क्रममा घोराहीको दिपशिखा चोक बाट पक्राउ गरीएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।
प्रकाशित मिति : २०७९ चैत्र २६ गते आइतवार