२०८१ चैत्र ५ गते मङ्गलवार

दाङमा भरुवा बन्दुकसहित एक जना पक्राउ



दाङ, २७ चैत । दाङमा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । प्रहरीले गढवा गाउँपालिका वडा नम्बर ८ कोइलाबासका ३२ वर्षिय मानसिं सुनारलाई पक्राउ गरेको हो ।

सुनारलाई एक थान भरुवा बन्दुकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता डिएसपी राजन कुमार गौतमले जानकारी दिनुभयो ।

सुनारलाई सोमबार बिहान साढे १२ बजेतिर गढवा गाउँपालिका वडा नम्बर ८ डाँडागाउँमा हिडडुल गरिरहेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ परेका सुनारमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २०७९ चैत्र २७ गते सोमवार