२०८१ भाद्र २२ गते आइतवार

तुलसीपुरका १९ विद्यालयमा तहगत प्रधानाध्यापकको व्यबस्था



तुलसीपुर,२७ चैत ।
दाङको तुलसीपुर उपमहानगरपालिकाले दरबन्दी मिलान तथा प्रधानाध्यापक ब्यवस्थापनको टुंगो लगाएको छ । विभिन्न ९ माध्यमिक विद्यालय र १० आधारभुत विद्यालयमा तल्लो तहका शिक्षकहरु प्रधानाध्यापक रहकोमा तहगत प्रधानाध्यापक बनाउन आवेदन माग गरिएको थियो । शिक्षा महाशाखाले २८ फागुनमा सूचना जारी गरेर १५ दिनमा निवेदन दिन स्थायी शिक्षकलाई अनुरोध गरेको थियोे ।

सोहि अनुसार प्राप्त निवेदनमा लामो कसरत पछि टुंगोमा पुगिएको कार्यदलका एक सदस्यले जानकारी दिएका छन । यसको लागि सामाजिक विकास समितिका संयोजक मानबहादुर रावतको संयोजकत्वमा समित बनेको थियोे । रावत नेतृत्वको समितिले निरन्तरको छलफल तथा परामर्श पछि नाम टुंगो लगाएको हो ।

जसअनुसार अम्बेश्वरि माविमा थानेश्वर आचार्य,मावि वालापुरमा जङ्गविर केसी, मावि दमारगाउमा गणेशमान खड्का,मावि प्रतापकोटमा टेक प्रसाद भण्डारी, मावि दोघरेमा सुनिता यादव,मावि हरिपौरिमा राधा चौधरि,मावि लक्ष्मिपुरमा पदम बहादुर खत्री, मावि कुटेचौरमा टङ्क केसी र मावि भित्री सक्राममा डिल्ली खत्री महरा रहेका छन ।यस्तै, आवि रानागाउमा पविना भण्डारी, आवि नवलपुरमा खोपिराम अधिकारी रहेका छन ।

योग्यता अनुसारका प्रधानाध्यापक राख्नु पर्ने भएपनि लामोे समयदेखिको प्रयास सफल हुन सकेको थिएन । तर अहिले थालिएको यो प्रयास सफल भएको छ । तहगत प्रधानाध्यापकले गर्दा शिक्षण कार्यमा महत्त्वपूर्ण भुमिका खेल्ने विश्वास लिईएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र २७ गते सोमवार