२०८१ असोज २१ गते सोमवार

निती, योजना, कार्यक्रम र बजेटलगाएतको बिषयमा चनाखो हुनुपर्नेमा जोड



दाङ, २९ चैत ।
नागरिक निती, योजना, कार्यक्रम र बजेटलगाएतको सवालमा चनाखो हुनुपर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । निती, योजना, कार्यक्रम र बजेट सम्बन्धि नेतृत्व बिकास सम्बन्धी भएको ३ दिने तालिम समापनको अवसरमा बोल्ने बक्ताले यस्तो बताएका हुन् ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको आर्थिक सहयोग, तुलसीपुर उपमहानगरपालिकाको समन्वय तथा साझेदारी विकास मञ्चको आयोजनामा भएको ३ दिने तालिमको समापनको अवसरमा बोल्ने वक्ताले यस्तो बताएका हुन् ।

त्यस्तै कार्यक्रममा बोल्ने वक्ताले सरकारका बिभिन्न निती, योजना लगाएतका बिभिन्न कार्यक्रममा यस किसिमको तालिमले सघाउ पुग्ने बताएका हुन् ।

मञ्चका अध्यक्ष खेमराज बिश्वकर्माको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाको सुशासन समितीका संयोजक तथा वडा नम्बर ८ का वडा अध्यक्ष धर्मराज वलीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

रेवती बिक कामीको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रममा वडा नम्बर ७ का वडा सदस्य डिला बिक, पत्रकार ओपेन्द्र बस्नेत लगायतले बोल्नुभएको हो ।

कार्यक्रमको सहजीकरण मञ्चका कार्यकारी निर्देशक नारायण प्रसाद लामीछानेले गर्नुभएको हो ।

प्रकाशित मिति : २०७९ चैत्र २९ गते बुधवार