२०८१ फाल्गुन २ गते शुक्रवार

राप्ती प्रादेशिक अस्पतालले माग्यो ३१ कर्मचारी



दाङ, २९ चैत ।
दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरले ३१ कर्मचारी माग गरेको छ । अस्पतालका निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. ओम अर्यालका अनुसार स्टाफ नर्स फार्मेसी सहायक, अहेब र कार्यलय सहयोगी गरि ३१ कर्मचारी माग गरेको हो ।

करार कर्मचारीका रुपमा स्टाफ नर्स १८ जना, फार्मेसी सहायक १ जना, अहेब २ जना र कार्यलय सहयोगी १० जना माग गरिएको डा. अर्यालले बताउनुभयो । उहाँका अनुसार बैशाख २ गतेसम्म फाराम भर्न सकिने छ । लिखित र मौखिक तथा अन्तरवार्ताका माध्यमबाट कर्मचारी छनोट गरिनेछ ।

परीक्षा बैशाख ५ गते हुनेछ । कर्मचारी अभाबमा सेवा प्रवाहमा समस्या भएपछि कर्मचारी माग गरिएको डा. अर्यालले बताउनुभयो । अहिले ५० सैयाको दरबन्दीमा २०० सैया चलाउनु पर्ने अबस्था रहेको समेत उहाँले बताउनुभयो ।।

प्रकाशित मिति : २०७९ चैत्र २९ गते बुधवार