२०८१ जेष्ठ १६ गते बुधवार

दाङमा धारिलो हतियार प्रहारबाट दुईजना घाईते



दाङ, ३० चैत ।
दाङमा एउटा समुहको धारिलो हतियार प्रहारबाट दुईजना घाईते भएका छन् । घाईते हुनेमा तुलसीपुर ९ बेलुवाका १४ बर्षिय अजय बिक र १६ बर्षिय सोम बिक रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता तथा ईन्स्पेक्टर पर्वत केसीले जानकारी दिनुभयो ।

आज दिउसो करिब साढे ३ बजे तुलसीपुर ९ अटो भिलेज नजिकै सामान्य विवाद हुँदा सोही ठाउँका १५ बर्षिय सुमन जंग शाह, उमेर नखुलेका धनसिंह केसी र गणेश भन्ने ब्यक्तिले ति दुई ब्यक्तिलाई धारिलो हतियार प्रहार गरेका हुन् ।

घाईतेहरुमध्ये अजयको टाउको र निधारमा चोट लागेको र अबस्था मध्यम रहेको प्रहरीले जनाएको छ । त्यस्तै सोम बिकको टाउको र निधारमा चोट लागेको र अबस्था सामान्य रहेको उहाँले बताउनुभयो ।

घाईते दुबैको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार पश्चात घर फर्किएको उहाँले बताउनुभयो । धारिलो हतियार प्रहार गर्ने ब्यक्तिको समुह घटना लगत्तै फरार रहेको र खोजीकार्य जारी रहेको उहाँले बताउनुभयो । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७९ चैत्र ३० गते बिहिवार