२०८१ असोज १९ गते शनिवार

महोत्सवको आय-व्यय सार्वजनिक : डेढ लाख बढी वचत



तुलसीपुर, ३० चैत ।

पुस्तकालय स्थापनाको लागि सहयोगार्थ तुलसीपुरमा गत पुसमा संचालित प्रथम लुम्बिनी प्रदेश स्तरिय कृषि तथा पर्यटन महोत्सवको आय(व्यय सार्वजनिक गरेको छ । महोत्सवको करिब तीन महिनापछि आयोजक युथ्स अफ तुलसीपुरले महोत्सवको आय-व्यय बिहिबार (आज) सार्वजनिक गरेको हो ।

महोत्सवबाट १ लाख ५६ हजार ४ सय ५४ रुपैँया वचत सफल भएको आयोजक युथ्स अफ तुलसीपुरका अध्यक्ष अरुण लहरले जानकारी दिनुभयो । महोत्सव संचालनमा बाधा अवरोध हुँदा अपेक्षित रकम बचाउन नसकिएको उहाँले बताउनुभयो ।

महोत्सवबाट संकलन गरिएको रकम तुलसीपुर-६ श्रीकृष्ण टोलमा स्थापना गर्न लागिएको पुस्ताकलयका लागि प्रयोग गरिने उहाँले बताउनुभयो । यसैबिच पुस्तकालय स्थापनार्थ भवनको शुक्रबार शिलान्यस गरिने भएको छ ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले भवनको शिलान्यास गर्नुहुने उहाँले बताउनुभयो । भवन निर्माणका लागि ४० लाख बढी लागत लाग्ने अध्यक्ष लहरले बताउनुभयो ।

प्रकाशित मिति : २०७९ चैत्र ३० गते बिहिवार