वैशाख,२ काठमाडौं ।
माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलेको छ ।शुक्रबार राति साढे ९ बजे नेता पुनको दाइको घरमा गोली चल्दा ७० वर्षीया आमा तीर्थमाली पुन घाइते भएकी थिइन् । उनको खुट्टामा गोली लागेको छ ।ट्रमा सेन्टरमा उनको उपचार भइरहेको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ।
माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा बसेको घरमा गोली चलाउने व्यक्ति कामु प्रधानन्यायाधीशको सुरक्षामा खटिएका प्रहरी भएको खुलेको छ ।
राति १ बजे सूचना प्राप्त भएलगत्तै प्रहरीले गोली चलाउने प्रहरी हवल्दार प्रकाश पुन मगरलाई नियन्त्रणमा लिएको छ । उनलाई प्रहरी प्रधान कार्यालय, नक्सालमा राखेर सोधपुछ भइरहेको छ ।
स्रोतका अनुसार उनी नेता पुनका नातेदारसमेत हुन् । रोल्पामा उनीहरु छिमेकी समेत भएको पुन निकट स्रोतले जनाएको छ । उनी हाल कामु प्रधानन्यायाधीशको अगुवा गाडीमा बस्ने अधिकृत हुन् ।
अनलाइन खवरवाट साभार