२०८१ माघ १२ गते शनिवार

बिजुली महसुल नतिरेपछि सोना सिमेन्टको लाइन काटियो



दाङ, २ बैशाख ।
१२ वर्षसम्म विद्युत महशुल नबुझाएपछि दाङको सोनापुर सिमेन्ट उद्योगको विद्युत लाइन काटिएको छ । नेपाल विद्युत् प्राधिकरणले करिब ७५ करोड बक्यौता नबुझाउने सोना सिमेन्टको लाइन काटेको हो ।

प्राधिकरणले लाइन काटेको चार दिन भइसकेको छ । तुलसीपुर १८ दुधरासमा रहेको उद्योगको बक्यौता रकम उच्च भएपछि लाइन काटिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले २०६७ देखिको बक्यौता तिर्न पटक पटक आग्रह गर्दा पनि उद्योगबाट कुनै सुनुवाइ नभएपछि लाइन काट्नुपरेको जनाएको छ । उद्योगले बिचमा केही तिर्ने गरेपनि विगत ९ महिनादेखि भने कुनै बक्यौता तिर्न नआएपछि लाइन काटेको लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगञ्ज शाखाका प्रमुख हरि प्रसाद पाण्डेले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०८० बैशाख २ गते शनिवार